आउनोस्, गुलामी गरौँ !
– प्रकाश सापकोटा
सबैभन्दा शक्तिमान भनौँ
हाम्रा नेता महान भनौँ
भको नभको थपथाप पारौँ
गल्ती सल्ती छोपछाप पारौँ
अरूलाई उछिनेर हामी गरौँ
आउनोस् नेताको गुलामी गरौँ
हाम्राले चोरेको चोरी नै हैन भनौँ
हाम्राले गरेको कम्जोरी नै हैन भनौँ
झूठ लुकाउन बरू आमाको कसम खाऔँ
छोडेर सबथोक एकचित्त भै भजन गाऔँ
धूप हालौँ, ढ्याङ्ग्रो ठोकौँ र धामी गरौँ
आउनोस न यार नेताको गुलामी गरौँ
हाम्रै नेताका सिङ् पलाउँछ भनौँ
हाम्राले मात्रै देश चलाउँछ भनौँ
स्वमत र स्वविवेकलाई थाँती राखौँ
आफ्ना नेतालाई देउताभन्दा माथि राखौँ
जीहजुरी गर्नेका मात्र जन्ती-मलामी गरौँ
आउनोस् न आउनोस् नेताको गुलामी गरौँ
Share the post "कविता"
- Shares







Leave a Reply