युरोप । नेपाली नयाँ वर्षका अवसरमा साङ्गितिक टुर लिएर गायिका मेलिना राई यतिखेर युरोपमा छिन् । राईले अप्रिल महिनाभरी युरोपका बिभिन्न देशमा सांगितिक प्रस्तुती दिँदै छिन् ।
नेपाली नयाँ वर्ष २०८३ विशेष ‘मेलिना राई युरोप टुर- २०२६’ नाम दिइएको उक्त कार्यक्रम अप्रिल ४ तारिखमा ग्रीसबाट शुरू हुने जनाइएको छ । राईले पोर्चुगलमा अप्रिल ६ र ८ मा तथा स्वीडेनमा अप्रिल ११ र १२ मा सांगितिक प्रस्तुती दिइसकेर अप्रिल १३ र १४ तारिखमा तोकिएको कार्यक्रमका लागि बेल्जियम पुगेकी छिन् । अप्रिल १७ मा माल्टा, १८ मा फ्रान्स र १९ मा स्पेनमा प्रस्तुती दिएपछि २५ तारिखमा डेनमार्कको कोपन्हेगनमा दर्शक नचाउने उनको योजना छ । त्यसैगरी २६ अप्रिलका लागि क्रोएसियामा राईको सहभागितामा सांगितिक कार्यक्रम तय भएको छ ।

युरोपमा नेपाली चलचित्र तथा इभेण्टहरूको वितरक गुरूङ्ग केएनएस इन्टरटेन्मेण्टले मुख्य व्यवस्थापन गरेको कार्यक्रमको आयोजना भने विभिन्न देश र सहरहरूमा त्यहीँका स्थानीय संघ, संस्था र आयोजकहरूले गरेका छन् ।
Share the post "गायिका मेलिना राई युरोपतिर"









Leave a Reply