डेनमार्क । किशोर र युवाहरूको कथामा आधारित डेनिस चलचित्र ‘Råplan’ मार्फत नेपाली किशोर निशान्त सापकोटाले ठूलो पर्दामा डेब्यु गरेका छन् ।
सन् २००६ मा निर्मित तथा प्रदर्शित क्रिस्टियन ई. क्रिस्टियन्सन निर्देशित युवा चलचित्र Råzone को सिक्वेल चलचित्र Råplan यही आउँदो October 8 तारिखमा डेनमार्कका सिनेमा हलहरूमा रिलिज हुँदैछ । पुरानै निर्देशक र प्रायः पुरानै कलाकारहरू अनुबन्धित ‘रोप्लान’ जेन्ट्रोपा इन्टरटेन्मेण्ट्सको निर्माणमा बनेको चलचित्र हो ।

सो चलचित्रमा सहायक भूमिकामा आवद्ध निशान्त पहिलो पल्ट ६ वर्षको उमेरमा सन् २०१४ मा नर्वेजियन टेलिभिजन एनआरके सुपरको बाल कार्यक्रममा सानो पर्दामा देखा परेका हुन् ।
विद्यालय स्तरका केही नाटक हुँदै सन् २०२२/२३ मा डेनिस टेलिभिजन टिभी टु मा प्रशारण भएको ‘युलेक्यालेण्डर’ सिरियलका दुईवटा एपिस्योडमा समेत अभिनय गरिसकेका छन् भने डेनिस टेलिकम कम्पनी ‘टेलिया’को विज्ञापन र केही डेनिस सर्ट फिल्ममा पनि सानातिना भूमिका निभाएका छन् ।
Share the post "डेनिस फिल्ममा नेपाली निशान्त"












Leave a Reply