शब्दको सारथी

Advertisement

बालेन शाह नेतृत्वको चुस्त मन्त्रीमण्डल

नेपालको ४३ औँ प्रधानमन्त्रीका रूपमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले सपथ लिएका छन् । 

राष्ट्रपति भवन शितल निवासमा यसअघिका प्रधानमन्त्रीले भन्दा भिन्नै विशेष प्रक्रियाबाट उनले सपथ लिए । वैदिक सनातन विधिबाट ब्राम्हणहरू मार्फत चण्डीपाठ, बौद्ध भिक्षुहरूबाट शुभमङ्गल पाठ र सात शंखद्वारा शंखनाद समेत गराई राष्ट्रपति रामचन्द्र पौडेलसँग सपथ लिएका हुन् । 

बालेनले प्रधानमन्त्रीको सपथ लिए लगत्तै १५ सदस्यीय चुस्त मन्त्रीमण्डलका सदस्यहरूले पनि सपथ ग्रहण गरे ।

बालेन शाहको नेतृत्वमा रहेको मन्त्रिपरिषद्मा युवा नेतृत्वको बलियो लहर देखियो, जसमा लगभग दुई तिहाइ मन्त्रीहरू ४० वर्ष मुनिका छन् ।

शुक्रबार विस्तार गरिएको १५ सदस्यीय मन्त्रिपरिषद्मा १० जना मन्त्री ४० वर्ष मुनिका छन्, जसले नेपालको राजनीतिक नेतृत्वमा ठूलो पुस्तागत परिवर्तनको संकेत गर्छ ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार, प्रधानमन्त्री शाह आफैं ३६ वर्षका छन् । मन्त्रिपरिषद्मा सबैभन्दा कान्छा मन्त्री २९ वर्षीया सस्मित पोखरेल हुन् भने ३० वर्ष मुनिका मन्त्रीहरूमा सबिता गौतम र सीता वादी पर्छन् । 

४० वर्ष मुनिका अन्य मन्त्रीहरूमा दीपक साह (३४), गीता चौधरी (३३), प्रतिभा रावल (३२), निशा मेहता (३८), सुदन गुरुङ (३८), र सुनील लम्साल (३५) पर्छन्।

यसैबीच, ४० वर्षभन्दा माथिका मन्त्रीहरूमा स्वर्णिम वाग्ले (५१), शिशिर खनाल (४७), खड्क पौडेल (४६), बिराजभक्त श्रेष्ठ (४४), र विक्रम तिमल्सिना (४३) पर्छन्।

शैक्षिक योग्यताको हिसाबले, मन्त्रिपरिषद्ले उच्च शिक्षित व्यक्तित्वको प्रोफाइल पनि प्रतिबिम्बित गरेको छ । प्रधानमन्त्री शाहसँग संरचनात्मक इन्जिनियरिङमा स्नातकोत्तर डिग्री छ, जबकि धेरै मन्त्रीहरूसँग स्नातकोत्तर डिग्री छ, कतिपयले पीएचडी गरिरहेका छन् त कतिपय प्राविधिक तथा व्यवस्थापन क्षेत्रमा विशेषज्ञता हासिल गरेका छन् ।

१ बालेन शाह: स्ट्क्चरल इन्जिनियरिङमा स्नातकोत्तर

२ स्वर्णीम वाग्ले: लन्डन स्कुल अफ इकोनमिक्स, हावर्ड विश्वविद्यालय र अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट उच्च शिक्षा प्राप्त

३ सुधन गुरूङ: मल्टी इन्टरनेसनल कलेजमा ‘ए लेभल्स’ को पढाइ सकेको

४ विक्रम तिमल्सिना: ग्रिफ्फिथ युनिभरसिटीबाट विद्यावारिधि

५ सोविता गौतम: कानुनमा स्नातक

६ सस्मित पोखरेल: कानुनमा स्नातक

७ सिता बादी: राजनीतिशास्त्रमा स्नातकोत्तर 

८ विराजभक्त श्रेष्ठ: ‘बिजनेस एड्मिनिस्ट्रेशन’मा स्नातक

९ शिशिर खनाल: सार्वजनिक नीतिमा स्नातकोत्तर र राजनीतिक अर्थशास्त्रमा स्नातक

१० खड्कराज पौडेल: एमबीए र अंग्रेजी साहित्यमा स्नातक

११ सुनिल लम्साल: सम्रचनात्मक इन्जिनियरिङको अध्ययन पश्चात फोहोर व्यवस्थापनमा विद्यावारिधि गर्दै

१२ प्रतिभा रावल: पत्रकारितामा पोष्ट ग्रेजुएट

१३ गीता चौधरी: एलएलएम

१४ दीपक शाह: एम्पिएच, विद्यावारिधि गर्दै

१५ निशा मेहता: नर्सिङ स्नातकोत्तर 

Website |  + posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *