डेनमार्क । डेनमार्कको अध्यागमन तथा एकीकरण मन्त्रालयले डेनिस नागरिकता तथा राहदानीका लागि पेश गरिएका आवेदनहरूको प्रक्रिया हाललाई रोकेको खबर सार्वजनिक गरेको छ ।
सरकारले अहिलेका लागि धेरैजसो नागरिकता आवेदनहरूको प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको हो । यही मार्च- २०२६ को तेश्रो सातामा हुन लागेको आगामी डेनिस आम निर्वाचनपछि नागरिकताको नियम कस्तो हुने भन्ने स्पष्ट नभएसम्मका लागि स्थगित रहने बताइएको छ ।
विशेषत: अंगिकृत नागरिकता आवेदनहरूको प्रक्रिया रोकिने उल्लेख छ ।
नागरिकता प्राप्त गर्न आवेदन दिएको कम्तीमा दुई वर्षसम्म कुर्नुपर्ने अवस्था रहेकोमा यो निर्णयले हाल निर्णय कुरिरहेका सैयौँ आवेदकहरूले थप लामो समय कुर्नुपर्ने भएको छ ।
अन्तर्राष्ट्रिय कानूनले अनिवार्य बनाएका केही विशेष आवेदनहरू भने यथावत प्रक्रियामा जानेछन् ।
यो समाचारले डेनमार्कमा रीत पूर्वक आवेदन दिएर नागरिकता लिन पर्खिरहेका थुप्रै विदेशीहरूका लागि केही अन्यौल र खुल्दुली पैदा गरेको छ ।
Share the post "डेनमार्कले रोक्यो नागरिकता आवेदनको प्रक्रिया"










Leave a Reply