विश्वका खुशी देशहरूको सूचीमा यसपटक पनि उत्तरी युरोपको देश फिनल्याण्ड पहिलो नम्बरमा परेको छ ।
युनिभर्सिटी अफ अक्स्फोर्डको वेलबिईङ्ग रिसर्च सेण्टरले सार्वजनिक गरेको रिपोर्टका अनुसार यसपटक सहित फिटिनु याण्ड लगातार नवौँ पटक विश्वको सबैभन्दा खुशी देशमा पर्न सफल भएको हो ।
यसपटक सूचीको दोश्रो र तेश्रो नम्बरमा क्रमशः आइसल्याण्ड र डेनमार्क छन् । गत बर्ष भने डेनमार्क दोश्रो र आइसल्याण्ड तेश्रो थिए । छैँठौँमा कोस्टारिका र आठौँमा इजरायल बाहेक खुशी देशहरूका सूचीका उत्कृष्ट दशमा आठवटा युरोपेली देश छन् ।

गत वर्ष ९२ औँ नम्बरमा रहेको नेपाल भने यस बर्ष सूचीको ९९औँ नम्बरमा पुगेको छ ।
Share the post "फिनल्याण्ड विश्वको सबैभन्दा खुशी देश"










Leave a Reply