शब्दको सारथी

Advertisement

राजा वीरेन्द्रका दाजु रवीन्द्रलाई दरवारबाटै ‘ड्युटी फ्रि’ रक्सी 


राजा महेन्द्रको १७ माघ २०२८ मा निधन भएपछि युवराज वीरेन्द्र राजा भए। राजगद्दी उत्तराधिकारी ऐन अनुसार राजाको जेठो छोरा राजा हुने परम्परा थियो। तर, यसको मतलव यो होइन कि, वीरेन्द्र भन्दा अगाडि राजा महेन्द्रका तर्फबाट कुनै छोरा जन्मेका थिएनन्। 

राजा वीरेन्द्र जन्मनुभन्दा पाँच वर्षअघि नै राजा महेन्द्रका एक छोराको जन्म भइसकेको थियो। उनको नाम थियो, रवीन्द्र शाह। दरवारमा सुसारेका रुपमा रहेकी गीता गुरुंग (रुम्जाटार, ओखलढुगा) को कोखबाट राजा महेन्द्रको प्रथम पुत्रको रुपमा रवीन्द्रको जन्म भएको थियो। 

तपाईंहरुले नारायण गोपालको स्वर रहेको ‘श्रद्धाको फूल चढाइदिनु आएर लासमा’ वा गौरी केसीले गाएको ‘रानी तलाउ किनारा’, ‘आएन निद रातभर.’ जस्ता सुमधुर गीतहरु सुन्नुभएको छ भने त्यसका रचनाकार राजा वीरेन्द्रका दाजु रवीन्द्र शाह हुन्। 

गीतकार रवीन्द्र शाहका गीतका अर्थ र मर्म निकै गहिरो छन् । कता–कता राजाको जेठो छोरा भएपनि राजा हुन नपाउने पीडा उनका रचनामा झल्किएजस्तो पनि लाग्छ । 

तर, यस्ता कतिपय गीत उनले पिता महेन्द्रको निधन हुनुअघि नै लेखेका थिए। 

यस्तै गीतहरुको संगालो ‘झरेको फूल’ बिसं २०२२ मा प्रकासित भएको थियो। त्यसको भूमिका राजा महेन्द्रले लेखिदिएका छन्। यस हिसावले हेर्दा भने गीतमा अभिव्यक्त भावना युवराज वा राजा हुन नपाउँदाको पीडा होइन कि भन्ने निष्कर्षमा पनि पुग्न सकिन्छ। 

राजा महेन्द्रको निधनपछि उनी आफ्ना तीन भाईहरु वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्रसँगै काजक्रियामा पनि बसेका थिए। विवाहित बैधानिक रानीतर्फको जेठा छोरा नभएकाले राजा हुन नपाएपनि उनलाई ‘राजकुमार’ को उपाधि दिइएको थियो। 

गद्दीको अवसर नपाएका दाजु रवीन्द्रका आवस्यकता पुरा मान–सम्मानमा राजा वीरेन्द्रले कत्ति कन्जुस्याइँ गरेका रहेनछन् भन्ने कुरा एक पत्रले (पत्र तल छ) प्रष्ट पार्छ। जस्तो कि, उनलाई आवस्यक पर्ने पर्दा डयुटी फ्रि (कर छुट) मदिरा, चुरोट लगायतका बस्तु समेत दरवारले नै उपलध्ध गराइदिँदो रहेछ। 

राजा वीरेन्द्रको वंशनास हुनुभन्दा चार वर्षअघि २०५४ मा राजकुमार रवीन्द्रको स्वर्गारोहण भएको थियो।

(बरालको २८ चैत्र २०८२ को फेसबुक पोष्टबाट)

Website |  + posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *