झझल्को
संगीतकार पनि भएँ म
विक्रम सम्बत २०५३/५४ ताका आरआरमा आईए (पत्रकारिता) पढ्न काठमाडौं छिरेपछिको कुरा हो यो । दिउँसो जागिर खोजेर खाने भनेर बेलुकीपखको क्याम्पस भर्ना गरियो । गाउँकै नवराज दाइको सहयोगमा विशाल बजारका मारवाडी गिरिधारी लालको अफिसमा जागिर पनि मिल्यो । थापाथली कुरियागाउँमा डेरा थियो । डेरामा म, निरञ्जन र ईश्वर (भोलानाथ) मिलेर बस्थ्यौँ । निरञ्जन र म उही… पू्रा पढ्नुहोस …
हजुरबाले किनिदिएको स्विटर
हजुरबा कतै नातागोताकहाँ जाँदा मलाई सँगै लिएर हिँड्न मन गर्नुहुन्थ्यो। मलाई पनि हजुरबाको साथमा हिँड्न रमाइलो लाग्थ्यो। ठ्याक्कै मिति बिर्सेँ। हजुरबा बिहानै हाम्रो घरमा ठाँटिएर आइपुग्नुभो। बुवाहरू भिन्न भएकाले हजुरबा-हजुरआमा अङ्कलसँग बस्नुहुन्थ्यो। मलाई देख्दासाथ भन्नुभो- बावु, पर्वततिर जाउँ तँ र म, जान्छस् ? पाँचखाल उपत्यकालाई हजुरबाहरू ‘पर्वत’ भन्नुहुन्थ्यो, किन हो थाह छैन ! पाँचखालतिर हजुरबाकै… पू्रा पढ्नुहोस …







