हाँस्य टेलिश्रीङ्खला ‘सक्की गो नि’ रोकिएको लामो समयपछि सो श्रीङ्खलाका अधिकांश कलाकारहरू सम्मिलित ‘बिजोग रमाइलो’ नामक नयाँ हाँस्य-श्रीङ्खला आउने भएको छ ।
हरिश निरौला (कक्रोज)को लेखन र निर्देशनमा उक्त नयाँ श्रीङ्खला बनिरहेको थाह भएको छ ।
कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) बाहेकका अधिकांश पुरानै सिरियलका कराकारहरू पुरानै गेटअपमा देखिएको ‘बिजोग रमाइलो’को पोष्टर हालै सार्वजनिक भएको हो । ‘बिजोग रमाइलो’ को पोष्टर देखेपछि दर्शकहरूले ‘सक्की गो नि’ सक्किएकै अनुमान गर्न थालेका छन्, यद्यपि यसबारे कुनै कलाकारले आधिकारिक रूपमा केही बोलेका छैनन् ।
सिरियलमा हरिश निरौला (कक्रोज) सहित सागर लम्साल (बले) कमलमणी नेपाल (खुपीका बाउ), दीपक आचार्य (काकु), बबिन राई (गल्फने), सुबोध गौतम (यधुमे), गोविन्द कोइराला (जयन्ते), सुरक्षा इटनी (सुरु), भावना आचार्य (लुरी), अशोक धिताल (बाहुन डन), गजित विष्ट (जेठान), रश्मी पाण्डे (माकुरी), सुस्मिता कुँवर (छोटी), पुरूषोत्तम आचार्य (पुलिस), रामभजन कामत लगायत कलाकारको अभिनय रहने कुरा सार्वजनिक पोष्टरबाट थाह हुन्छ । पुरानो सिरियलका जिग्री र पाँडे भने पोष्टरमा देखिएका छैनन् ।
‘बिजोग रमाइलो’ पुरानो सिरियल ‘सक्की गो नि’मा गल्फने पात्रका रूपमा परिचित बबिन राईको थेगो हो ।
Share the post "‘बिजोग रमाइलो’ आउँदै, ‘सक्की गो नि’ सक्किएको अनुमान"
- Shares










Leave a Reply