शब्दको सारथी

Advertisement

डेनमार्क सहित केही देशका नेपाली दूतावास खारेज


सरकारले डेनमार्क सहित विभिन्न तीन मुलुकमा रहेका नेपाली दूतावास खारेज गर्ने निर्णय गरेको छ ।  

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास खारेज गर्ने घोषणा गरेका हुन् । साथै चीनको छेङ्दु र अमेरिकाको सान फ्रान्सिस्को स्थित महावाणिज्य दूतावास तथा भारतको विशाखापट्टनममा रहेको दूतावासको शाखा पनि खारेज गर्ने जानकारी पनि सोही बजेट वक्तव्य मार्फत गराए ।

भिडियो:

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री वाग्लेले बदलिँदो आर्थिक कूटनीतिलाई मध्यनजर गर्दै उक्त घोषणा गरेको बताए ।

कोपन्हेगनस्थित नेपाली दुतावास डेनमार्क मात्र नभई नर्डिक देशहरू नर्वे, स्वीडेन, फिनल्याण्ड, आइसल्याण्ड सहित बाल्टिक देशहरू लात्भिया, लिथोनिया र इष्टोनिया समेत हेर्ने एक्लो दुतावास थियो । यो खारेजी पछि ती देशमा बसोवास गर्नेहरूले नेपाली दूतावासको सेवा लिन अब जर्मनीको बर्लिनस्थित दूतावास प्रयोग गर्नुपर्ने भएको छ ।

नेपालले ३४ देशमा राजदूत र १० देशमा महावाणिज्यदूत नियुक्त गर्दै आएको थियो। यीमध्ये डेनमार्क र दक्षिण अफ्रिकामा अहिले नै राजदूत रिक्त छ भने ब्राजिलस्थित राजदूतको कार्यकाल केही महिनामा सकिँदैछ । सरकारले राजदूत रिक्त रहेका देशमा नयाँ नियुक्ति गर्न एक दिन अघि मात्रै खुला आवेदन आह्वान गरेको थियो ।

तपाईंको प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ